सडक पूर्वाधार ‘वरदान’ बन्दै कृषि र पर्यटनको आधार

होमपेज / पूर्वाधार /
२५ माघ २०८१ (४ महिना अघि)

 विकासको पूर्वधारमा ‘बाटो वरदान’ सरह हो भन्ने उदाहरण बनेको छ– बागमती प्रदेशका १३ जिल्लामा पूरा भएका र बनिरहेका सडक निर्माण । सडक बनेसँगै बागमतीका  सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, रसुवा, नुवाकोट धादिङ र उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका नागरिकहरूको दैनिकी सहज हुँदै गएको छ । त्यति मात्रै होइन सामाजिक र आर्थिक अवस्था पनि फेरिँदो छ । 
बागमती प्रदेशका आमनागरिकको जीवनस्तर सुधार हुँदै गएको छ । त्यस्तै, जग्गाजमिनको मूल्यसमेत राम्रोे छ । संघीयताको अभ्यासले बागमती प्रदेशमा १ सय सात सडक निर्माण पूरा र विस्तारको क्रम जारी छ । जसमा बागमती प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने भैंसे भिमफेदी कुलेखानी सिस्नेरी छैमले बल्खु सडक, काठमाडौं साँखु कात्तिके सिपाघाट चौतारा बलेफी सडक रहेको छ । 

बिपी लोकमार्गको पिन्थलीबाट महाभारत गाउपालिका खानीखोला गाउपालिका हुँदै मदन भण्डारी मार्गको बागमती झुरझरेमा जोडने झण्डै ७५ कि.मि. लामो जनमुक्ति मार्ग, धादिङ वेसि, सांकोस हुँदै रुविभ्याली गाउँपालिका जोड्ने दामन पाख्रिन मार्ग, दोलखाको कालिञ्चोक जाने चरिकोट देउराली कालिञ्चोक सडक, मुडे बाघखोर शैलुंग सडक, तथा मुडे मेलुंग सितली सडक, मकवानपुरको इन्द्र सरोवर मार्ग लगायतका सडक स्तरोन्नति भइरहेका छन् ।

त्यस्तै मकवानपुरको मनहरीबाट राक्सिरांग कैलाश हुँदै छोटो दुरीमा धादिङको आदमघाट जोड्ने मनहरी—आदमघाट सडक, दोलाघाट चौरी गुरासे गाल्वा मन्थली सडक, सिन्धुली चकमके अरुण ठाकुर कटारी सडक, नुवाकोट सदरमुकाम विदुर बाट नुवाकोटको दुर्गम पालिकाहरू किस्पांग र म्यागांग जोड्ने पोष्ट बहादुर बोगटी मार्ग, गुर्जेभञ्ज्यांग मानेभञ्ज्यांग बेतिनी झहरे दुप्चेश्वर सडक, ललितपुरका विकट क्षेत्रमा रहको कोन्ज्योसोम महांकाल लगायत दक्षिणी ललितपुर जोड्ने लेले चन्दनपुर नमन ठूला दुलुंगं सडक, बगुवा प्युटार आश्रांग सडक, काठमाडौंको काँठ क्षेत्रका लागि महत्वपूर्ण मानिएको काँठ चक्रपथ, भक्तपुरको चाँगुनारायण फास्ट ट्रयाक चागुनारायण मार्ग, जगते डोलेशोर आशापुरी सडक सबै प्रदेश सरकारबाटै स्तरोन्नति भइरहेका छन् ।

पहाडी जिल्ला र बस्ती जोड्ने लाइफलाइनको रूपमा हेरिएका बिपी राजमार्ग,अरनिको राजमार्ग, कोदारी राजमार्ग,पृथ्वी राजमार्ग प्रदेशबाट यी राजमार्ग जोड्ने शाखा सडकहरूको निर्माणसँगै बस्ती–बस्तीमा यातायातको सहज पहूँच भएको छ । बागमती प्रदेश सरकारले सडक निर्माणका लागि मात्र गुरु योजना अन्तर्गत ७ अर्ब ७८ करोड रुपैयाँ विनियोजन भएको छ ।

एक दशक अघिसम्म प्रशासनिक कामकाजका अलावा सरसामान किनमेलका लागि जिल्ला सदरमुकाम आउन पनि हम्मेहम्मे थियो । हिउँदमा जेनतेन साइकलमा ओहोर दोहोर गर्नेहरू बर्खा लागेसँगै पैदल आउजाउ गर्नपनि गाह्रो पर्थो । तर अहिले सडकको अवस्था फेरिँदै जाँदा उनीहरूको खुसीको सीमा छैन । पूर्वाधार विकासका कारण टोलैपिच्छे मोटर गुड्न थालेका छन् ।

बस्तीसँग जोडिएका सडक कालेपत्रे भएपछि आवातजावातमा सहन हुँदा  स्थानीयहरू हर्षित  छन् । करिब १० देखि २० वर्षअघि निर्माण कार्य सुरु भएको सडकहरू कालोपत्रे भएपछि गाडी गुड्न थालेको छ । सडक पुगेपछि काम विशेषले हिँडेका स्थानीय र यात्रुलाई सार्वजनिक सवारी साधान र निजी सवारी साधनमा यात्रा गर्न जोखिम मोल्नु परेको छैन । कच्ची सडकमा वर्षाको एकाध महिनाबाहेक अन्य समय मोटर गुड्न थालेपछि स्थानीयको दैनिकी सहज भएको हो ।

ग्रामीण क्षेत्र जोड्नेसडकले कृषि र पर्यटन क्षेत्रको सम्भाव्यतालाई पनि विस्तार गरेका छन् ।  सडक आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरी स्तरोन्नति र विकास गर्ने भौतिक पूर्वधार विकास मन्त्रालयको योजना छ ।
 ग्रामीण सडकको देनः व्यावसायिक खेती 
ग्रामीण सडक निर्माणका लागि स्थानीय सरकार र प्रदेश सरकारले बजेटमा मोटो रकमको व्यवस्था गरेका छन् । ग्रामीण सडकको सफल पक्ष भनेकै कृषकलाई प्रत्यक्ष फाइदा पुगेको स्थानीय गरेको छ ।  गाउँमा कुहिएर खेर जाने अधिकांश फलफूल तथा तरकारीले बजार भाउ पाउँदा गाउँका स्थानीयको जीवनस्तरनै उक्सिएको देखिन्छ । खेतीबाट उत्पादन भएका बस्तुलाई सहज रूपमा बजार लैजान कृषि सडकको पहुँचले सहजै विक्री हुन थालेपछि व्यावसायीक रूपमा खेती हुन थालेको हो । 

सिन्धुपाल्चोकको विभिन्न बस्ती जोड्ने बाटो प्रदेश सरकारले निर्माण गरेपछि टोलैपिच्छे मोटर सुविधा पुगेकाले किसानमा उत्साह छाएको छ । अझ चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसानलाई गोलभेँडा उत्पादन र विक्री वितरणका लागि सरलता ल्याएको छ । पहिला घाण्टौँ बोकर साँगाचोकसम्म ल्याएर राजधानी पठाउने गर्थे । अचेल डडुवासम्म दुई वटा पक्की बाटोबाट गाउँसम्म गाडी गुड्न थालेपछि किसानहरू गाउँमा उत्पादन भएको सामग्री सजिलै बेच्न पाएका छन् । 

एकै सिजनमा गोलभेँडा बेचेर डडुवाका किसानहरूले करिब ९ करोड रुपैयाँ आम्दानी गर्दै आएका छन् ।  लामो समयदेखि कृषि कर्ममा रहेका किसानको उत्पादनलाई बढाव दिन गोलभेँडाको बिउ, मिनिटरी ट्याक्टर, पम्प लगायतका सामाग्री ल्याउन प्रदेश सरकारले बनाएको सडक प्रोत्साहनले किसानको व्यवसाय र अनुहारको चमक फेरिँदै गएको नेत्र ज्याती सहकारीका अध्यक्ष तथा गोलभेँडा व्यवसायीक किसान कृष्ण नेपालले बताए  । 

गाउँमै सवारी साधान ल्याएर कृषकले उत्पादन गरेको गोलभेँडा,बन्दा,काउली जस्ता तरकारी बारीबाटै व्यापारीले लिँदा किसानले पनि राम्रो भाउमा बिक्री गर्न पाउँदा किसानहरू हर्षित छन् । जिल्लामा बनेका सडकले कुविण्डे, मुडे र लिसंखु क्षेत्रका किसानले उत्पादन गरेको ठूलो परिमाणको आलु, लेकाली भेगमा पाइने भारी जडीबुटी बजारसम्म पु¥याउन सडक सञ्जालको महत्त्व भूमिका खेलेको किसान प्रेम तामाङले बताए । सडक बनेपछि स्थानीयको जीवनयापन मै धेरै परिवर्तन आएको पूर्वधार विकास कार्यालयका प्रमुख प्रकाश पौडेलले जानकारी दिए । प्रदेको बजेटमा यस वर्ष सात सडक मध्ये दुई वटाको काम पुरा भएको छ । उनका अनुसार पाँच सडकको काम भइरहेका चाडै सम्पन्न भएपछि नागरिकको पहुँच पक्की सडकमा बढ्ने छ । 

चालु आर्थिक वर्षमा सडक निर्माण, पुनः स्थापना र स्तरोन्नति, नयाँ ट्रयाक निर्माण, कालोपत्रे स्तरमा सडकको स्तरोन्नति काम भइरहेको छ भने बहुवर्शिय योजना अन्तरगत सडक,पुल झेलुङे पुल रहेको छ । 

त्यस्तै सिन्धुलीमाडीदेखि खनियाँखर्क, खुर्कोट, खाल्टे, चैनपुर, मुलकोट, झागाझोली रातमाटा, रामटार, नेपालथोकका किसानलाई आँटी विक्री गर्न भ्याइनभ्याइ छ । जङ्गलमा प्रशस्त मात्रा पाइने यो सिन्धुलीका किसानले सवारी साधनमा पुगेर ल्याउने गर्छन् । केही किसानले आफ्नै बारीमा व्यवसायीक रूपमा लगाएका छन् भने केहीले जंगलबाट टिपेर ल्याएर ७० रुपैयाँ देखि १५० रुपैयाँ प्रतिकिलाका दरले विक्री गरेर आम्दानी गरिरहेका छन् । 

सडक निर्माण भएकाले यहाँ व्यवसायीक कृषकलाई एक्कै दिनमा टिपेर ल्याएर विक्री गर्न सजिलो भएको छ । मल ,विषादी प्रयोग गर्नु नपर्ने र आफैँ उम्रिएको अर्गानीक फल आँटी विक्री गरेर दिनमा तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म किसानले आम्दानी लिइरहेको कमलामाइ नगरपालिका ४ ढकालगाउँका दीपक घिमिरेले बताए । 

बिपी राजमार्गमामा खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन्। सडक सञ्जाल जोडिएपछि राजमार्ग सम्म किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको छ । १०० देखि १३० रुपैयाँ किलोसम्ममा जुनारको कारोबार भइरहेको जुनार व्यवसायी किसान कुसुम कुमारी ठकुरीले बताए । गोलञ्जर गाँउपालिकाबाट विहना गएर दिनभरी जुनार वेचेर साझा फर्किन भ्याउने भएपछि पछिल्लो समय उनलाई जुनार विक्री गर्न सहज भएको उनले महसुस गरेका छन् । 

त्यस्तै काठमाडौं उपत्यका सहित आपसासको बजारमा काभ्रेपलाञ्चोकको तरकारी र फलफूलले राम्रै हिस्सा ओगट्ने गर्छ । राजधानी काठमाण्डौबाट देशका विभिन्न जिल्लामा काभ्रे र शंखुका तरकारी पुग्ने गर्छ । काभ्रेका कृषक केदारबहादुर थापाका अनुसार काभ्रेका किसानलाई माग धान्नै मुस्किल हुन्छ । थापाजस्तै शारदाबतासेका कृष्णप्रसाद पराजुली  १८ रोपनीमा जग्गामा सुन्तला खेती लगाएका छन् । अहिले सुन्तलाको सिजन भएकाले उनले अहिले राम्रो आम्दानी लिन पाएका छन् । सडकको सहज पहुँच भएकाले माग आउने बित्तिकै उनले सुन्तला बजार सम्म पर्याउने गरेकाले पनि विक्री वितरणमा समस्या नभएको उनले बताए । 

चीनको सीमाक्षेत्र रसुवामा पनि पछिल्लो समस्या सडक विस्तारको काम धमाधम भइरहेको छ । यसभन्दा अगाडि नुवाकोट कार्यालय मातहतबाट पूर्वधार विकासका काम हुँदै आएको थियो । अहिले रसुवामा नै कार्यालय स्थापना गरी काम सुरु भएको पूर्वधार विकास कार्यालय रसुवाका प्रमुख रविन महर्जनले जानकारी दिए । 
जिरोकिलो अम्बास भोर्ले सडक,सानामार्खु ब्रावल सडक गोसाईकुण्ड ५ र रोगा गोल्जङु गल्लाङ सोमदाङ सडक खण्डको काम भएको प्रमुख महर्जनले जानकारी दिए । र पच्याङ दाङवु रोट कालोपत्रे नौकुण्ड १ र ३ मा पनि काम भएको छ । निर्माण सम्पन्न भएपछि यी सडकसँग जोडिएको गाउँका स्थानीयले सुविधा पाउने उनले बताए । 
उसो त, सडक जोडिँदा, खास गरी दुर्गम क्षेत्रका किसानहरूलाई विभिन्न चुनौतीहरूको समाधान मिल्छ नै । र, उनीहरूको आर्थिक अवस्था सबल बनाउन मद्दत पुग्छ । खास गरी बजारमा किसानको सजिलै पहुँच पुग्छ । सडक पुगेपछि किसानहरू आफ्नो उत्पादन सजिलै बजारमा पु¥याउन सक्छन् । यसले समय र श्रम बचत गर्दछ र उनीहरूको उत्पादनलाई राम्रो मूल्यमा बिक्री गर्न मद्दत पु¥याउँछ।

त्यस्तै बागमती प्रदेशमा बनेको सडक सञ्जालकै कारण किसानहरूले समयमै मल, बीउ, र कृषि औजार जस्ता आवश्यक सामग्रीहरू छिटो र सस्तो मूल्यमा प्राप्त गरिरहेका छन् । यसले उत्पादनमा वृद्धि र लागतमा कमी ल्याएको छ भने सडक बनेपछि किसानले आफ्नो उत्पादन बजारसम्म सस्तो र छिटो पठाउन पाइरहेका छन् भने ढुवानी खर्च कम र किसानको आम्दानीमा बढी भइरहेको छ । सस्तो र समयमै सेवा प्राप्ति सडक पुगेपछि सहज भएको छ भने सडक पुगेपछि नयाँ व्यापारिक नेटवर्क र अवसरहरू खुलेका छन् । 
पर्यटकीय क्षेत्र जोड्दै सडक
बागमती प्रदेश सरकारको पर्यावरणीय गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज,सौराहा, मकवानपुर गढी,चित्लाङ, कुलेखानी,नुवाकोट दरबार, रूविभ्याली, दुप्चेश्वर महादेव मन्दिर , काठमाण्डौको पशुपतिनाथ मन्दिर, स्वयंमभु स्तुपा, कीर्तिपुरका मन्दिर, पाटन दरबार, पाँचपोखरी, भैरवकुण्ड, हेलम्बु, तातोपानी, लाङटाङ चन्दनपुरी सुर्यकुण्ड, कालिञ्चोक भगवति माईको मन्दिर, दोलखा भिमसेनको मन्दिर तथा गौरिशंकर हिमाल, सुनकोशी खिम्ती,लिखु र रानीचरी डाडो, सिद्धवावा मन्दिर हुन् ।

यी क्षेत्रमा कच्ची सडक हुँदा पर्यटकलाई निक्कै सस्ती हुने गरेको थियो । शाखा सडकहरू बागमती प्रदेशले निर्माण र स्तरोन्नति गर्न थालेपछि पर्यटकलाई सहज भएको छ । पर्यटकको चाप बढेपछि यी क्षेत्रमा स्थानीय होटलहरुमा व्यापार व्यवसाय पनि बढेको छ । नुवाकोटको धार्मिक तथा पर्यटकीयस्थल दुप्चेश्वर मन्दिरमा यतिखेर धार्मिक पर्यटकको भिड छ । बौद्ध र हिन्दु दुवै धर्मावलम्बीको साझा आस्था रहेको दुम्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमा मेलादेखि दर्शनार्थीको भिड बढेको हो । 

दुप्चेश्वरको दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाई भैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई जीवनसाथी प्राप्त हुने विश्वासले भक्तजनको ताँती लागेको छ । तर ठूलो भिडमा बालबालिका र बुढापाकालाई दर्शन गर्न निक्कै समस्या हुने गरेको छ । धान्यपूर्णिमादेखि आन्तरिक र बाह्य धार्मिक पर्यटकको चाप बढेसँगै यहाँका होटलहरुको आम्दानी पनि बढेको स्थानीय व्यवसायीले जानकारी दिए । 

मन्दिर वरिपरि तीर्थयात्रीको मनै लोभ्याउने खालका संरचनाहरू सिडि, रेलिङ गुर्जेभञ्ज्यांग मानेभञ्ज्यांग बेतिनी झहरे दुप्चेश्वर सडक पिच भएपछि धार्मिक पर्यटकलाई धेरै सजिलो भएको दुप्चेश्वार गाँउपालिकाका अध्यक्ष शंकरबहादुर थापाले बताए । सिन्धुपाल्चोकको गोल्फु भञ्जयाङ दुप्चेश्वर सडक खण्डको काम प्रदेश सरकारको बजेटमा धमाधम भएको छ सडकको काम सकेपछि दुवै तर्फको सडकबाट धार्मिक पर्यटकलाई आउनजान अझ सजिलो हुने उनले बताए ।
 
त्यस्तै बागमती प्रदेश धादिङ उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली पर्यटक भू–स्वर्ग मान्छन् । गणेश हिमालको काखमा रहेको रुवीभ्याली क्षेत्र बहुमूल्य पत्थर रुवी, क्वार्टज, दुर्लभ कस्तुरी, रेडपाण्डा, प्राकृतिक तातोपानी, कालो कुण्ड, सेतो कुण्डलगायत प्राकृतिक सम्पदा रहेको गन्तव्य हो ।रुवीभ्यालीमा हिमाली सौन्दर्य नजिकबाट नियाल्दै पदयात्रामा रमाउन पर्यटकमात्र होइन, आजभोलि आन्तरिक पर्यटकसमेत दामन पाख्रिन मार्ग हुँदै जान थालेका छन् । 

रुवीभ्याली भौगोलिक विकटता भए पनि सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटन प्रचुरता र जैविक विविधताले सजिएको भूगोल हो । रुवीभ्यालीमा पर्यटकका लागि अर्को आकर्षण केन्द्रबिन्दु गणेश हिमाल नुवाकोट, धादिङ र गोरखा गरी तीन जिल्लामा फैलिएको छ । भक्तपुरबाट काभ्रेको दोलालघाट जोड्ने गरी ५६ किलोमिटर लम्बाइको सल्लाघारी–कमलविनायक–खरिपाटी–नगरकोट–हिंमुवापाटी–दोलालघाट सडक पुरा भएको छ । यो सडक हुँदै अहिले प्राय यात्रु राजधानी आउजाउ गर्ने गर्दछ ।

चितवनलाई बागमती प्रदेशको कै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा लिने गरिन्छ । चितवनमा ७० वटा गन्तव्य बनिसकेको चितवनमा भरतपुर महानगरसंगको समन्वयमा प्रदेशसरकारले भित्र सडकहरू बनाएका छन् । दुर्लभ एकसिंगे गैंडा, हात्ती, पाटे बाघ, विभिन्न चराचुरुंगी हेर्न तथा जंगल सफारीको आनन्द लिन चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ आउने गरेका छन् । पर्यटक लम्ब्याउन  लागि भने अझै ५५ वटा गन्तव्यमा अझै पूर्वाधार अभाव छ । त्यसलाई चाँडो पुरा गर्नुपर्ने क्षेत्रीय होटेल व्यवसायी संघ सौराहाका अध्यक्ष दीपक भट्टराई बताउँछन् । 

त्यस्तै सिन्धुपाल्चोकका मनोरमस्थलहरु पर्यटकीय रोजाइमा पर्न थालेका छन् । मौसम अनुकूल हुनासाथ प्राकृतिक सुन्दरतामा रमाउन जुगल हिमालको आधारशिविर र ने–पेमाछाल पैदलमार्ग जानेको सङ्ख्या बढेको हो । १३ हिमशृङ्खला, चौरीखर्क, स्थानीय कला संस्कृति र पैदल यात्रा पर्यटकको रोजाइमा पर्दै गएको छ । जुगल हिमालको आधार शिविर पुग्ने पदमार्गमा हिजोआज पर्यटकको घुइँचो छ । तेम्बाथान, दिपु, छेन्ताङ र ने–पेमाछाल हुँदै पाँच दिनको हिँडाइपछि चार हजार ८ सय मिटर उचाइकोजुगल आधारशिविर पुगिन्छ ।वनजंगल, चौरीखर्क र वरिपरि देखिने दृश्यहरूले पर्यटकलाई अकर्षित गरेको छ। हिम चुचुरालाई नजिकबाट नियाल्न पाइने यहाँको दृश्य निकै मनमोहक लाग्छ ।

बागमती प्रदेश सरकारबाट निर्माण भएको पदमार्ग हुँदै ६ वटा हिमाल आरोहण गर्न सकिन्छ  भने १३ वटा हिमश्रंखलाको अवलोकन गर्न पाइन्छ । शेर्पा बस्ती, कला संस्कृति जीवनशैली, स्थानीय खाना, र जङ्गल पदमार्गको मुख्य विशेषता हो ।यात्रामा जानेहरूले स्वास्थ्यका लागि पनि यो क्षेत्रको पदमार्ग उपयुक्त रहेको बताउँछन् ।  सेताम्मे हिमाल हेर्दै  आनन्द लिन पाइने भएकोले मौसम खुल्ने यो समयमा पर्यटक बढी भेटिन्छन् । बसोबासको सहज व्यवस्थाका लागि प्रदेश सरकारको लगानीमा दुई वटा घर र सार्वजनिक शौचालय निर्माण भएको भने नेपामाछालबाट करिब चार सय मिटरको पदमार्ग निर्माण भएको छ । अझ पर्यटकलाई सहज तरिकाले गन्तव्यसम्म थप पूर्वाधार विकास गर्न सके सिन्धुपाल्चोकको पर्यटनले सम्वृद्धिमा टेवा पुग्ने सिन्धुपाल्चोक पर्यटन परिषद्का सचिव मिलन लामाले बताए । 

दोलखाको चरीकोटबाट प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर जाने चरिकोट–देउराली सडक ट्र्याक खुलेको ३० वर्षपछि कालोपत्रे भएको छ । पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकमार्फत् विस्तार भएको सडकको काम पूरा भएको छ । यो सडकमा कालोपत्रे भएपछि कालिञ्चोक जाने यात्रुलाई यात्रा सहज भएको छ । सडकको वाल, नाली, कलभर्टलगायतका पूर्वाधारका सम्पूर्ण संरचना पूरा भएपछि कालोपत्रे पूरा भएको सडकको अहिले रङरोगन र ट्राफिक चिन्हसमेत राखी सञ्चालनमा आएको छ । भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले सुस्ताउँदै गएको चरिकोट बजारलाई चलायमान बनाउन यो सडक महत्त्वपूर्ण हुने बताए । चरीकोटबाट कालिञ्चोक जाने सडक राम्रो नहुँदा मकैबारीबाटै पर्यटक कालिञ्चोक जाने गरेका छन् ।

यो मौसममा कालिञ्चोकमा हिउँ खेल्न र दृश्यावलोकनका लागि आन्तरिक पर्यटक कालिञ्चोक पुग्ने गरेका छन् । मध्य मंसिरबाट कालिञ्चोक घुम्नजाने पर्यटकहरू बढेको होटेल व्यवसायी हरि ओलीले बताए । कालिञ्चोकमा केबलकार चढ्न, मन्दिर दर्शन गर्न र हिउँ खेल्दै दृश्यावलोकनका लागि पर्यटक पुग्ने गरेका छन् । राजधानी काठमाडौं तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी दावा लामाले बताए । राजधानी काठमाडौंबाट १३३ किमीको सडक यातयताबाट चरिकोट पुगेपछि १७ किमी दूरी पार गरेर कालिञ्चोक पुग्%

अन्तिम अध्यावधिक: २७ माघ २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस