चौतारा । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोकको अध्यक्षमा कमला पाख्रीन सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज भएको चौथो अधिवेशनले उहाँलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरी शाखाको उपाध्यक्षमा दिपेन्द्र घले, सचिवमा आइ सिं तामाङ, सहसचिवमा रविन दनुवार, कोषाध्यक्षमा कल्पना श्रेष्ठ र सदस्यहरुमा सरोज लामा, प्रेम लामा, वरदान गुरुङ, बिपना गोले निर्वाचित हुनुभएको छ ।
संघीय प्रतिनिधिमा भने सुरेश कसाजु, जीवन श्रेष्ठ, अश्मी स्याङतान र फूलमान तामाङ चयन भएका छन् । त्यस्तै, प्रदेश प्रतिनिधिहरूमा मानकाजी तामाङ, प्रितम गोले तामाङ, निर्मल माझी, सुनिता रखाल र कविता श्रेष्ठ चयन भएका हुन् । नव निर्वाचित अध्यक्ष पाख्रीनले जनजाति पत्रकारहरुको क्षमता अभिवृद्दि गरि पत्रकारिता क्षेत्रमा सिक्ने, टिक्ने र बिक्न सक्ने गरि पत्रकारहरुलाई सक्षम बनाउने गरि काम गर्ने बताउनुभयो ।
अधिवेशनको उदघाटनसत्रमा फोनिजका बागमतप् प्रदेश सचिव शिसिर दोङले आदिबासी जनजातिको अधिकारका लागि जनजाति स्वयम् सचेत हुन आवश्यक रहेको बताउनुभयो । प्रतिष्ठानमा बजेटको सिलिङ कम भएकाले चाहेजस्तो काम गर्न सक्ने अवस्था नरहेको उहाँको भनाई थियो ।
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुपाल्चोकका सस्थापक अध्यक्ष जिवन श्रेष्ठले आगामी दिनमा थप सशक्त भएर संगठन अघि बढ्ने बताउनुभयो ।